site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतविरुद्ध सन्दीप जोरा छैटौँ विकेटका रूपमा आउट
सन्दीप जोरा । फाइल तस्बिर ।

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले सन्दीप जोरालाई छैटौँ विकेटका रूपमा गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १५.४ ओभरमा सन्दीपलाई व्यक्तिगत २९ रनमा गुमाएको हो ।

जारी खेलको १६ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएर १४७ रन बनाएको छ । हाल क्रिजमा रहेका सोमपाल कामीले सात र गुल्सन झाले एक रन बनाएर खेलिरहेका छन् ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro