site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाँच विकेट पतन, भारतविरुद्ध दीपेन्द्र ३२ रन बनाएर आउट
दीपेन्द्रसिंह ऐरी । फाइल तस्बिर ।

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले दीपेन्द्रसिंह ऐरीलाई पाँचौँ विकेटका रूपमा गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १४.२ ओभरमा दीपेन्द्रलाई व्यक्तिगत ३२ रनमा गुमाएको हो ।

जारी खेलको १५ ओभरको खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर १२८ रन बनाएको छ । हाल क्रिजमा रहेका सन्दीप जोराले १७ र सोमपाल कामीले एक रन बनाएर खेलिरहेका छन् ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro