site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालका ओपनर भुर्तेल आउट
फाइल तस्बिर ।

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले कुशल भुर्तेललाई दोस्रो विकेटका रूपमा गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले ८.५ ओभरमा भुर्तेललाई व्यक्तिगत २८ रनमा गुमाएको हो ।

जारी खेलको नौ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ६२ रन बनाएको छ । हाल क्रिजमा रहेका कुशल मल्ल १९ र कप्तान रोहितकुमार पौडेल शून्य रनमा छन् ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro