site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ब्याटिङमा नेपालको मध्यम सुरुआत 
फाइल तस्बिर ।

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध ब्याटिङमा नेपालले मध्यम सुरुआत गरेको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो पावर प्ले (६ ओभर)मा एक विकेट गुमाएर ४६ रन बनाएको छ ।

नेपालबाट हाल क्रिजमा रहेका कुशल भुर्तेलले २६ र कुशल मल्लले पाँच रन बनाएर खेलिरहेका छन् । नेपालले ओपनर आसिफ शेखलाई व्यक्तिगत १० रनमा गुमाएको थियो । 

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro