site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
म्यानचेस्टर सिटीविरुद्ध न्युक्यासलको जित

काठमाडौं । काराबाओ कपमा न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीविरुद्ध १–० को कठिन जित निकालेको छ ।

प्रतियोगिताको तेस्रो चरणमा बुधबार न्युक्यासललाई जित दिलाउन एलेजान्डर इसाकले ५३औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । सिटीले पछिल्ला ३८ खेलमा दोस्रोपटक हार व्यहोरेको हो ।

प्रतियोगिताको अर्काे खेलमा लिभरपुलले लेस्टर सिटीमाथि ३–१ को सहज जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो ।

खेलको तेस्रो मिनेटमै लेस्टरलाई कासी म्याकटिरले गोल गर्दै अग्रता दिलाएका थिए । त्यही गोलमा लेस्टरले पहिलो हाफसम्म १–० को अग्रता बनाएको थियो । 

तर, एनफिल्डमा लिभरपुलका कोडी गाक्पोले ४८औँ मिनेटमा बराबरी गोल गरेका थिए । डोमिनिक स्जुबोस्जाइले गोल गर्दै २–१ को अग्रता दिलाएका थिए । डियगो जोटाले खेल सकिन एक मिनेटअघि गोल गरेपछि लिभरपुलले सहज जित निश्चित गरेको हो ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro