site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सेफिल्डविरुद्ध न्युक्यासलका आठ खेलाडीको गोल

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडले सेफिल्डको पोस्टमा आठ गोल गरेको छ । सोमबार सेफिल्डको मैदान ब्रमल लेनमा भएको खेलमा पाहुना टिमका आठ खेलाडी गोल गरे ।

२१औँ मिनेटमा सिन लङस्टाफले गोल गर्दै न्युक्यासललाई अग्रता दिलाएका थिए । ३१औँ मिनेटमा डान ब्रुनले न्युक्यासलको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि नै स्भेन बोटमानले गोल गरेपछि पहिलो हाफमा न्युक्यासलले ३–० को अग्रता बनाएको थियो ।

५६औँ मिनेटमा क्यालम विल्सनले न्युक्यासलका लागि चौथो गोल गरे । ६१औँ मिनेटमा एन्टोनी गोर्डोनले न्युक्यासलको अग्रतालाई ५–० मा पुर्‍याए । त्यसको सात मिनेटपछि नै मिगेल अल्मिरोनले न्युक्यासलको अग्रतालाई ६–० मा पुर्‍याएका थिए ।

७३औँ मिनेटम ब्रुनो गुइमारास र ८७औँ मिनेटमा एलेक्सेन्डर इसाकले गोल गरेपछि न्युक्यासलले ८–० को सहज जित निश्चित गर्‍यो ।

जितसँगै ६ खेलबाट नौ अंक जोडेको न्युक्यासल तालिकाको आठौँ स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा हालसम्म जितविहीन सेफिल्ड एक अंकसहित तालिकाको पुछारमा छ ।

सोमबारै भएको अर्को खेलमा आर्सनल र टोटनहमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । १५ अंक जोडेको टोटनहम तालिकाको चौथो र १४ अंकको आर्सनल पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro