site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यान निर्वाचन : झापाको मताधिकार खारेज

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभाले झापा जिल्लाको मताधिकार खोसेको छ ।

क्यानले जिल्लामा रहेको विवादका कारण झापाको मताधिकार खारेज गरेको हो ।

क्यानको विधानअनुसार एक जिल्लाबाट एक प्रतिनिधिमात्र निर्वाचनमा सहभागी हुन पाउँछन् । तर, झापाबाट दुई प्रतिनिधि आएपछि शुक्रबारको साधारणसभाले मताधिकार नै खारेज गरिएको हो । झापाबाट मनोज कटुवाल र लाक्पा लामा साधारणसभामा आएका छन् ।

क्यानको आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीले उमेदवारी दिने घोषणा गरेका छन् ।

यस्तै, सचिवमा चन्द प्यानलबाट पूर्वकप्तानसमेत रहेका पारस खड्काले उमृदवारी दिने घोषणा गरेका छन् ।

क्यानको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन हुने तालिका छ ।

झापाको मताधिकार खोसिएसँगै अब क्यानको निर्वाचनमा ८५ मतदाता हुने भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro