site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शीर्ष स्थानमा उक्लियो बार्सिलोना

काठमाडौं । रियाल बेटिसविरुद्ध ५–० को सहज जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

एट्लेटिको मड्रिडबाट लोनमा आएका पोर्चुगलका फरवार्ड जाओ फेलिक्सले बार्सिलोनाका लागि पहिलो गोल गर्दा घरेलु टिम फराकिलो जितसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । यसबाहेक, रोवर्टो लेवान्डोवस्की, फेरान टोरेस, राफिन्हा र जाओ कान्सोलेले समान एक गोल गरे ।

२५औँ मिनेटमा फेलिक्सले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटपछि लेवान्डोवस्कीले गोल गर्दा बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो ।

६२औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रतालाई ३–० मा पुर्‍याए । ६६औँ मिनेटमा राफिन्हाले अग्रतालाई ४–० मा पुर्‍याए । खेलको निर्धारित समय सकिन नौ मिनेट बाँकी रहँदा कान्सेलोले गोल गरेपछि बार्सिलोनाले ५–० को फराकिलो जित निश्चित गर्‍यो ।

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानमा चिरप्रतिद्वन्द्वी रियाल मड्रिडलाई पछि पारेको छ । बार्सिलोनाभन्दा एक खेल कम खेलेको मड्रिडले १२ अंक जोडेको छ । पाँच खेलबाट सात अंकसहित बेटिस तालिकाको नवौँ स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro