site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वर्षाका कारण रोकिएको भारत र पाकिस्तानबीचको खेल सुरु
फाइल तस्बिर ।

काठमाडौं । वर्षाका कारण रोकिएको एसिया कप–२०२३ मा भारत र पाकिस्तानबीचको 'सुपर फोर'को खेल सुरु भएको छ ।

श्रीलंकाको आर प्रेमादसा रंगशालामा वर्षाका कारण रोकिएको खेल नेपाली समयअनुसार अपरान्ह ४ः५५ बजेदेखि सुरु भएको हो । खेल करिब दुई घण्टापछि सुरु भए पनि निर्धारित ५० ओभर घटाइएको भने छैन । यी दुई टिमबीचको खेल आइतबार हुने तालिका रहे पनि वर्षाका कारण सम्भव नभएपछि 'रिजर्भ डे'का लागि सारिएको थियो ।

आइतबार टस हारेर ब्याटिङमा आएको भारतले २४.१ ओभरमा दुई विकेट गुमाएर १४७ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो ।

भारतीय टिमबाट हाल क्रिजमा विराट कोहली आठ र केएल राहुल १७ रनमा खेलिरहेका छन् । त्यसअघि कप्तान रोहित शर्मा ५६ र सुभमन गिल ५८ रनमा आउट भएका थिए ।

पाकिस्तानका सदाब खान र साहिन साह अफ्रिदीले एक–एक विकेट लिएका थिए ।

सुपर फोरमा दुई अंक जोडेको पाकिस्तान तालिकाको शीर्ष स्थानमा छ । भारतको भने सुपर फोरमा यो पहिलो खेल हो ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro