site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चुम्बन विवादमा परेका स्पेनिस फुटबल संघका अध्यक्षले दिए राजीनामा

काठमाडौं । फिफा महिला विश्वकपको फाइनलमा जेनी हर्मोन्सोको ओठमा चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले राजीनामा दिएका छन् ।

स्पेनकी फरवार्ड हर्मोन्साले विश्वकपको फाइनलमा इंग्ल्यान्डलाई हराएपछि रुबिलेसले गरेको चुम्बनमा आफ्नो सहमति नभएको र त्यसविरुद्ध गत साता उजुरीसमेत दर्ता गराएकी थिइन् ।

अध्यक्ष रुबिलेसले कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई बुझाएको पत्रमा आफूले पदबाट राजीनामा दिएको उल्लेख छ ।

“म अब मेरो कामलाई निरन्तरता दिन सक्दिन,” पिएर्स मोर्गनको टेलिभिजन सोमा रुबिलेसले भने ।

४६ वर्षीय रुबिलेसले यूईएफए कार्यसमितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन् ।

गत अगस्ट २० मा सम्पन्न फिफा महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई १–० ले हराउँदै पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।

उपाधिपछि मेडल वितरण कार्यक्रममा स्पेनका अध्यक्ष रुबिलेसले फरवार्ड हर्मोन्सालाई ओठमा चुम्बन गरेपछि उनी विवादमा तानिएका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro