site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बालन डी’अरको प्रारम्भिक सूची सार्वजनिक, रोनाल्डो परेनन्

काठमाडौं । फ्रेन्च न्युज म्यागजिन फ्रान्स फुटबलले प्रदान गर्ने बालन डी’अरको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । फ्रान्स फुटबलले बुधबार राति सन् २०२३ को अवार्डका लागि प्रारम्भिक सूचीमा परेका ३० पुरुष र महिला फुटबलरको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचीमा पाँचपटकका विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र महिलातर्फ गत वर्षकी विजेत एलेक्सिया पुटेयस अटाउन सकेनन् । सूचीमा विश्वकप विजेता अर्जेन्टिनी टिमबाट कप्तान लियोनल मेसी, युलियन आल्भारेज, लौटारो मार्टिनेज र इमिलियानो मार्टिनेज गरी चार खेलाडी मनोनयनमा परेका छन् ।

यस्तै, यस वर्ष अवार्डको दाबेदार रहेका एर्लिङ हाल्यान्ड र काइलियन एमबाप्पे पनि मनोनयनमा छन् ।

गत बालन डी’अर अवार्ड पुरुषतर्फ फ्रान्सका करिम बेन्जेमा र महिलातर्फ स्पेनकी एलेक्सिया पुटेयसले जितेका थिए ।

मनोनयन सूची (पुरुष)
युलियन आल्भारेज, निकोलस बारेला, जुड बेलिङ्घम, करिम बेन्जेमा, यासिन बानोउन, केभिन डी ब्रुयना, रुबेन डियाज, एन्टोनियो ग्रिजमन, इल्काइ गुन्डोगान, एर्लिङ हाल्यान्ड, ह्यारी केन, रान्डाल कोलो मुएनी, खाभिचा काभ्राट्स्खेली, रोबर्ट लेवान्डोवस्की, इमिलियानो मार्टिनेज, लौटारो मार्टिने, काइलियन एमबाप्पे, लियोनल मेसी, किम मिन–जाइ, लुका मोड्रिच, जमल मुसियाला, मार्टिन ओडेगार्ड, एन्ड्रे ओनाना, भिक्टर ओसिम्हेन, रोड्री, बुकायो साका, मोहम्मद सालाह, बर्नार्डो सिल्भा र भिनिसियस जुनियर ।

मनोनयन सूची (महिला) 
आइताना बोन्मती, मिली ब्राइट, लिन्डा काइसेडो, ओल्गा कार्मोना, रसेल डाली, डेबिन्हा, काडिडिएटो डियनी, म्यारी एरप्स, पाट्रिसिया गुएरो, युइ हसेगावा, अमान्डा इलेस्टेड, साम केर, मापी लियोन, कातिया एमकाबे, हिनाता मियाजावा, लिना ओबेर्डोर्फ, एसिसात ओसोएला, इवा पाओर, साल्मा पारालुइलो, एलेक्सान्ड्रा पोप, हेली रासो, अल्बा रेडोन्डा, गुरो रेइटिन, वेन्डाइ रेनार्ड, फ्रिडोलिना रोल्फो, जिल रोर्ड, खादिजा स, सोफिया स्मिथ, जर्जिया स्टानवे र डाफ्ने भान डोम्सेलर ।

wefg-1694059173.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro