site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्ध भारतीय ओपनर सुभमन गिलको पनि अर्धशतक 

काठमाडौं । एसिया कप–२०२३ मा नेपालविरुद्ध भारतका ओपनर सुभमन गिलले अर्धशतक प्रहार गरेका छन् ।

श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा नेपालले प्रस्तुत गरेको लक्ष्य पछ्याइरहेको भारतबाट सुभमनले ४७ बलमा सात चौका र एक छक्कासहित ५० रन पूरा गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सुभमनको यो छैटौँ अर्धशतक हो ।

भारतले १५.३ ओभरको समाप्तीमा विकेट नगुमाई ११७ न बनाएको छ । भारतबाट हाल सुभमनसँगै क्रिजमा रहेका कप्तान रोहित शर्मा ६१ रनमा खेलिरहेका छन् । 

दोस्रो इनिङ्सको वर्षाले प्रभावित बनेपछि डकवर्थ लुइस पद्दति (डीएलएस) अनुसार भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको छ । दोस्रो इनिङ्सको तेस्रो ओभर चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको थियो । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गरेको थियो । 

आजको खेलमा जित निकाले नेपाल प्रतियोगिताको सुपर फोरमा प्रवेश गर्ने छ । सुपर फोरमा प्रवेशका लागि भारत पनि जित्नै पर्ने दबाबमा छ । वर्षाका कारण खेल रद्द भए भारत दुई अंकसहित सुपर फोरमा प्रवेश गर्ने छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro