site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेश एसिया कपको सुपर फोरमा प्रवेश

काठमाडौं । अफगानिस्तानविरुद्ध ८९ रनको जित निकाल्दै बंगलादेश एसिया कप–२०२३ को सुपर फोरमा प्रवेश गरेको छ । 

आइतबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको ३३५ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४४.३ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनायो । 

अफगानिस्तानका इब्राहिम जद्रानले ७५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान हस्मतुल्लाह साहिदीले ५१ रन थपे । रहमत साहले ३३, राशिद खानले २४, नजिबुल्लाह जद्रानले १७ र गुलबदिन नैबले १५ रन बनाए । 

बंगलादेशका तक्सिन अहमेदले चार विकेट लिए । ८.३ ओभर बलिङ गरेका उनले ४४ रन खर्चिए । सोरिफुल इस्लामले तीन विकेट लिदा हसन मह्मुद र मेहदी हसनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३४ रनको योगफल खडा गरेको थियो । 

बंगलादेशका मेहदी हसन र नज्मुल हुसैन सान्टोले शतक बनाए । मेहदी हसनले ११९ बलमा सात चौका र तीन छक्का प्रहार गरे । नज्मुलले १०५ बलमा नौ चौका र दुई छ्क्का प्रहार गरे ।

अफगानिस्तानका मुजिब उररहमान र गुलबदिन नैबले समान एक विकेट लिए । 

जितसँगै दुई खेलबाट दुई अंकसहित बंगलादेशले सुपर फोरमा स्थान बनाएको हो । अफगानिस्तानको भने प्रतियोगितामा यो पहिलो खेल हो । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  २३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro