site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारत र पाकिस्तानबीचको खेल रद्द, नेपाल यसरी पुग्न सक्छ अन्तिम चारमा

काठमाडौं । एसिया कप–२०२३ मा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । शनिबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा पहिलो इनिङपछि लगातार वर्षा हुँदा खेल रद्द गरिएको हो ।

खेल रद्द हुँदा दुवै टिमले समान एक अंक पाएका छन् । योसँगै पाकिस्तान प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्ने पहिलो टिम समेत बनेको छ ।

पाकिस्तानले प्रतियोगिताको उद्घाटन खेलमा नेपालमाथि २३८ रनको फराकिलो जित निकालेको थियो । भारतको भने यो पहिलो खेल थियो ।

पाकिस्तानसँगको नतिजाले अन्तिम चारमा प्रवेशका लागि भारतले अब नेपाललाई हराउनैपर्ने समीकरण बनेको छ । भारतविरुद्ध विजयी भए नेपाल अन्तिम चारमा प्रवेश गर्नेछ । नेपाल र भारतबीचको खेल आउँदो सोमबार पालेकेले रंगशालामा नै हुनेछ ।

शनिबार टस जितेर ब्याटिङ थालेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको थियो ।

भारतका हार्दिक पन्ड्याले ८७ रन बनाए । भारत ६६–४ को नाजुक अवस्थामा रहँदा ब्याटिङका लागि आएका पन्डयाले इशान किसनसँग १३८ रनको साझेदारी गरेका थिए । किसनले ८२ रन जोडे ।

श्रेयस ऐयर र रवीन्द्र जडेजाले समान १४ रन बनाए । जसप्रीत बुमराहले १६, कप्तान रोहित शर्माले ११ र शुभमन गिलले १० रनको योगदान गरे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३५ रन खर्चिए । ह्यारिस रौफ र नसिम साहले समान तीन विकेट लिए ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro