site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारतले दियो पाकिस्तानलाई २६७ रनको लक्ष्य 

काठमाडौं । एसिया कप–२०२३ मा भारतले पाकिस्तानसामु २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको पालेकेले रंगशालामा टस जितेर ब्याटिङ थालेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन बनाएको हो ।

भारतका हार्दिक पन्ड्याले ८७ रन बनाए । भारत ६६–४ को नाजुक अवस्थामा रहँदा ब्याटिङका लागि आएका पन्डयाले इशान किसनसँग १३८ रनको साझेदारी गरेका थिए । किसनले ८२ रन जोडे ।

श्रेयस ऐयर र रवीन्द्र जडेजाले समान १४ रन बनाए । जसप्रीत बुमराहले १६, कप्तान रोहित शर्माले ११ र शुभमन गिलले १० रनको योगदान गरे ।

पाकिस्तानका साहिन साह अफ्रिदीले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन राख्दै ३५ रन खर्चिए । ह्यारिस रौफ र नसिम साहले समान तीन विकेट झारे ।

प्रतियोगितामा पाकिस्तानको यो दोस्रो खेल हो । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २३८ रनले हराएको थियो । भारतको भने पहिलो खेल हो ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro