site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो ट्रान्सजेन्डर महिला बन्दै ड्यानियल म्याकगाहे

काठमाडौं । क्यानडाकी ड्यानियल म्याकगाहे अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो महिला तेस्रो लिंगी क्रिकेटर बन्ने भएकी छन् ।

क्यानडाले सन् २०२४ को महिला विश्वकप छनोटका लागि घोषणा गरेको टिममा समेटिएसँगै म्याकगाहे अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल्ने पहिलो ट्रान्सजेन्डर क्रिकेटर बन्ने निश्चित भएको हो ।

क्यानडाले म्याकगाहेलाई विश्वकप छनोटको रूपमा रहेको महिला ट्वान्टी–२० अमेरिका क्वालिफायर्सका लागि टिममा समेटेको छ ।

२९ वर्षीय ब्याटर म्याकगाहे अस्ट्रेलियाको भए पनि सन् २०२० मा उनी क्यानडा पुगेकी थिइन् ।

बीबीसी स्पोर्ट्सका अनुसार, म्याकगाहेले २०२० मा सामाजिक रूपमा आफूलाई पुरुषबाट महिलामा परिवर्तन भएकी थिइन् । त्यसको केही महिनापछि २०२१ मा उपचारपछि उनी महिलामा परिवर्तन भएकी थिइन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बिहीबार म्याकगाहेले अन्तर्राष्ट्रिय क्रिकेट खेल्नका लागि पुरुषबाट महिला बन्न आवश्यक मापदण्ड पूरा गरेको जनाएको छ ।

“ड्यानियलले आईसीसीको खेलाडी योग्यता नियमअन्तर्गत आवश्यक प्रक्रियाहरू पार गरेको पुष्टि गर्दछौँ,” आईसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro