site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
इन्टर मियामी रोकियो

काठमाडौं । मेजर लिग सकर (एमएलएस)मा लियोनल मेसीको कप्तानीमा रहेको इन्टर मियामीले नास्भिलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

घरेलु मैदानमा बिहीबार सम्पन्न खेलको अधिकांश समय बलमाथि नियन्त्रण राखे पनि पाहुना टिम नास्भिलको रक्षापंक्ति तोड्न नसक्दा इन्टर अंक बाँड्न बाध्य बनेको हो ।

मेसीको आगमनयता इन्टर मियामीले जित निकाल्न नसकेको यो पहिलो खेल हो । इन्टर मियामीले आफ्नो अपराजित यात्रालाई भने १० खेलसम्म लम्ब्याएको छ ।

बराबरीसँगै २४ खेलबाट २२ अंक जोडेको इन्टर तालिकाको १४औँ स्थानमा छ । इन्टर तालिकाको पुछारमा रहेको टोरोन्टोभन्दा गोलआधारमा मात्र अघि छ । समान खेलबाट ३९ अंक जोडेको नास्भिल सातौँ स्थानमा छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro