site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बाबर र इफ्तिखरको शतकमा नेपाललाई ३४३ रनको लक्ष्य 

काठमाडौं । कप्तान बाबर आजम र इफ्खिर अहमेदकोको शतकप्रेरित पाकिस्तानले एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध ३४३ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालमा टस जितेर ब्याटिङमा आएको घरेलु टिमले कप्तान बाबर र अहमेदको शतकमा ६ विकेट गुमाएर ३४२ रनको योगफल खडा गर्‍यो ।

नेपालविरुद्ध उत्कृष्ट लयमा देखिएका बाबरले १५१ रन बनाए । बाबरले १३१ बलमा १४ चौका र चार छक्का प्रहार गरे । 

बाबर र इफ्तिखरले चौथो विकेटका लागि २१४ रनको ठूलो साझेदारी गरेपछि पाकिस्तान विशाल योगफलतर्फ अघि बढेको थियो । छैटौँ नम्बरमा ब्याटिङका लागि आएका इफ्तिखरले ७१ बलमा ११ चौका र चार छक्कासहित १०९ रन बनाए ।

त्यसअघि २५–२ को कठिन अवस्थामा रहँदा पाकिस्तानबाट ब्याटिङका लागि आएका बाबरले मोहम्मद रिजवानसँग तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गर्दै टिमको इनिङ सम्हालेका थिए । तेस्रो विकेटका लागि बाबरलाई साथ दिएका रिजवान ५० बलमा ६ चौकासहित ४४ रन बनाएर आउट भए । 

यसबाहेक, पाकिस्तानका ओपनर फखर जमानले १४ रन जोड्दा इमाम उल–हक र आघा सल्मानले समान पाँच रन थपे । सदाब खानले चार रन जोडे ।

बलिङमा नेपालले इनिङको सुरुआतमा बलियो पकड जमाए पनि पहिलो पावर प्लेपछि सोही लय निरन्तरता दिन सकेन ।

नेपालका सोमपाल कामीले दुई विकेट लिए । करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए । यसबाहेक नेपालले अन्य दुई विकेट रन आउटबाट लिएको थियो । नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले ‘डाइरेक्ट थ्रो’ मार्फत नेपाललाई सफलता दिलाएका थिए ।

पहिलो पटक एसिया कप खेलिरहेको नेपाल भारत र पाकिस्तानसँगै समूह ‘ए’ मा छ । नेपालले अब भदौ १८ गते हुने भारतविरुद्धको खेलका लागि श्रीलंकाको यात्रा गर्नेछ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro