site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमको शतक

काठमाडौं । एसिया कप–२०२३ मा पाकिस्तानका कप्तान बाबर आजमले नेपालविरुद्ध शतक प्रहार गरेका छन् ।

मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानबाट तेस्रो क्रममा आएका बाबरले १०९ बलमा चार चौकासहित १०० रन पूरा गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बाबरको यो १९औँ शतक हो । 

जारी खेलको ४१.२ ओभर समाप्त हुँदा पाकिस्तानले चार विकेट गुमाएर १२५ रन बनाएको छ । पाकिस्तानका लागि बाबरले ५० रन जोड्दा क्रिजमा रहेका इफ्खिर अहमेदले ५० रन बनाएका छन् ।

कुनै समय २५–२ को कठिन अवस्थामा रहँदा बाबरले मोहम्मद रिजवानसँग ८६ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए । रिजवान ४४ रनमा आउट भएका थिए । त्यसपछि १२४–४ को अवस्थामा बाबरले इफ्तिखर अहमेदसँग १०० रनको साझेदारी गर्दै पाकिस्तानलाई बलियो योगफलतर्फ अग्रसर गराइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro