site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानको १०० रन पूरा, साझेदारीमा जम्दै बाबर र रिजवान

काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा घरेलु टिम पाकिस्तानले नेपालविरुद्ध १०० रन पूरा गरेको छ ।

पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको पाकिस्तानले नेपालविरुद्ध २१.२ ओभरमा दुई विकेट गुमाएर १०० रन पूरा गर्‍यो। पाकिस्तानबाट हाल क्रिजमा रहेको कप्तान बाबर आजम ३९ र र मोहम्मद रिजवान ३६ रनमा खेलिरहेका छन् ।

कुनै समय २५–२ को अवस्थामा रहेको पाकिस्तानी इनिङ कप्तान बाबर र रिजवानले सम्हालिरहेका छन् । यी दुईले तेस्रो विकेटका लागि ७५ रनको साझेदारी गरिसकेका छन् ।

पाकिस्तानविरुद्ध नेपालले छैटौँ ओभरमा करण केसीबाट पहिलो सफलता पाएको थियो । करणले ५.३ ओभरमा फखर जमानलाई आउट गरेका थिए । 

यस्तै, नेपालले सातौँ ओभर पहिलो बलमा पाकिस्तानका इमाम उल हकलाई रनआउट गर्दै दोस्रो सफलता प्राप्त गरेको थियो । सोमपाल कामीले गरेको बलिङमा कप्तान रोहित पौडेलले इमामलाई उत्कृष्ट रन आउट गर्दै पभेलियनको दिशा देखाएका थिए । 

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको हो । 

एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro