site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बिग बास लिगको ड्राफ्टमा पाँच नेपाली खेलाडी

काठमाडौं । अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग बास लिग (बीबीएल)मा नेपालका पाँच क्रिकेटर ड्राफ्टमा समेटिएका छन् ।

बीबीएलको आगामी सिजन २०२३–२४ को लागि अस्ट्रेलियन क्रिकेट संघले सोमबार ड्राफ्टमा परेका २९ देशका ३७६ खेलाडीको लिस्ट सार्वजनिक गरेको हो ।

ड्राफ्टमा नेपालका सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद र देव खनाल परेका छन् । सन्दीप, आरिफ, आसिफ र अर्जुन नेपाली राष्ट्रिय टिमका नियमित सदस्य हुन् । यस्तै, देव खनाल यू–१९ राष्ट्रिय टिमका कप्तान हुन् ।

बीबीएलको नयाँ सिजन डिसेम्बर ७ देखि सुरु हुँदै छ । नेपालबाट हालसम्म सन्दीप लामिछानेबाहेक अन्य कुनै पनि क्रिकेटरले बीबीएल खेल्न सकेका छैनन् । सन्दीपले होबर्ट हुरिकेन्स र मेलबर्न स्टार्सबाट बीबीएल खेलेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro