site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कुवेतविरुद्ध नेपाल ३४ रनले विजयी

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको छ ।

बायोमास ओभलमा बुधबार सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ९० रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा आठ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो ।  

कुवेतका लागि जिफा जिलानीले ११ र खादिजा खलिले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालकि इन्दु बर्माले तीन विकेट लिइन् । खुसी डंगोलले दुई तथा कविता कुँवर, सीता राना मगर र इश्वरी विष्टले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८९ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि इन्दु बर्मा र विन्दु रावलले समान २३ रन बनाए । यस्तै, कोजल श्रेष्ठले अविजित १९ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कुवेतका लागि मरियम्मा हैदरले चार विकेट लिइन् । मरियम उमरले दुई तथा प्रियदा मुरली र खादिजा खलिलले समान एक विकेट लिए ।

जितसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ । नेपालले पहिलो खेलमा मंगलबार हङकङविरुद्ध ६ विकेटको जित निकालेको थियो । दुवै खेलमा हार बेहोरेको कुवेत अंकविहीन छ । पहिलो खेलमा कुवेत घरेलु टोली मलेसियासँग आठ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro