site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसिया कपका लागि पाकिस्तान पुग्यो नेपाली टिम

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम पाकिस्तान पुगेको छ ।

पाकिस्तान र श्रीलंकमा आयोजना हुने तालिका रहेको प्रतियोगिताका लागि नेपाली टिम बुधबार पाकिस्तान पुगेको हो । टोली मंगलबार राति पाकिस्तान उडेको थियो ।

“पाकिस्तानमा स्वागत छ । नेपाली क्रिकेट टिम एसिया कप–२०२३ मा सहभागितका लागि कराची आइपुगेको छ,” नेपाली क्रिकेट टिमलाई स्वागत गर्दै पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)ले सामाजिक सञ्जालमा लेखेको छ ।

प्रतियोगितामा सहभागी ६ टिममध्ये भारत र पाकिस्तानसँगै नेपाल समूह ‘ए’ मा छ । अगस्ट ३० देखि सुरु हुने एसिया कपको आयोजना अधिकार पाकिस्तानले पाए पनि राजनीतिक तिक्तताका कारण भारतले टिम पठाउन अस्वीकार गरेपछि प्रतियोगितन ‘हाइब्रिड मोडेल’मा सञ्चालन हुने सहमति बनेको छ ।

जसअनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरु भने श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्नेछ ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमै पाकिस्तानसँग खेल्ने तालिका छ । अगस्ट ३० मा हुने यो खेल पाकिस्तानको मुल्तानमा हुनेछ । यस्तै, नेपालले दोस्रो खेल सेप्टेम्बर ४ मा भारतविरुद्ध श्रीलंकामा खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro