site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोनाल्डोको टिम अल नासर एएफसी च्याम्पियन्स लिगमा छनोट

काठमाडौं । प्लेअफमा शबाब अल अह्लीमाथि ४–२ को जित निकाल्दै साउदी प्रो लिगको क्लब अल नासरले एसियाली फुटबल महासंघ (एएफसी) च्याम्पियन्स लिगमा स्थान बनाएको छ ।

खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा २–१ ले पछि परेको अवस्था उल्ट्याउँदै अल नासरले नाटकीय जितसहित च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

रियादमा भएको खेलमा अल नासरलाई जित दिलाउन एन्डरसन टालिस्काले दुई गोल गर्दा सुल्तान अल–घानाम र मार्सेलो ब्रोजोभिचले समान एक गोल गरे । शबाब अल अह्लीका लागि याह्या अल–घासानीले दुई गोल गरे ।

खेलको ११औं मिनेटमा ब्रोजोभिचको पासमा टालिस्काले हेडमार्फत गोल गर्दै अल नसारलाई अग्रता दिलाएका थिए । तर अल नासरको यो अग्रता लामो समयसम्म टिक्न सकेन ।

त्यसको सात मिनेटपछि नै अल–घासानीले गोल गर्दै अल अह्लीलाई खेलमा फर्काएका थिए । दोस्रो हाफको पहिलो मिनेटमा अल–घासानीले व्यक्तिगत दोस्रो गोल गर्दै अल अह्ली २–१ को अग्रता दिलाएका थिए ।

तर, अल घानमले ८८औं मिनेटमा हेडर गोल गर्दै अल नसारलाई २–२ को बराबरीमा ल्याए । इन्जुरी सयमा टास्लिकाले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई ३–२ ले अघि बढाए । इन्जुरी समयमै ब्रोजोभिचले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै अल नसारलाई ४–२ को जित दिलाए ।

अल नासरसँग हार बेहोरेको अल अहलीले अब दोस्रो श्रेणीको एएफसी प्रतियोगिताको रुपमा रहेको एएफसी कपमा प्रतिस्पर्धा गर्ने भएको छ । एएफसी च्याम्पियन्स लिग र एएफसी कप दुवैको ‘ड्र’ अगस्ट २४ मा मलेसियाको क्वालालम्पुरमा हुनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro