site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युभेन्टसको विजयी सुरुआत

काठमाडौं । इटालियन सिरी ‘ए’ २०२३–२४ मा युभेन्टसले विजयी सुरुआत गरेको छ । आइतबार सम्पन्न नयाँ सिजनको पहिलो खेलमा युभेन्टसले यडिनेसविरुद्ध ३–० को सहज जित निकाल्यो ।

युडिनेसको स्टाडियो फ्रिउलीमा सम्पन्न खेलमा युभेन्टसलाई जित दिलाउन फेडेरिको किएजा, डुसान भ्लाहोभिच र आद्रियन राबिओटले गोल गरे । युभेन्टसले तीनै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको दोस्रो मिनेटमा नै किएजाले गरेको गोलबाट युभेन्टसले अग्रता बनाएको थियो । २०औँ मिनेटमा भ्लाहोभिचको गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयमा राबिओटले युभेन्टसको अग्रतालाई ३–० मा पुर्‍याएका थिए । यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा युभेन्टसले सहज जित हासिल गर्‍यो ।

जितसँगै तीन अंक जोडेको युभेन्टस तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोरेको युडिनेस तालिकाको पुछारमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro