site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बार्सिलोनाको पहिलो जित

काठमाडौं । स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले पहिलो जित निकालेको छ ।

नियमित मैदान क्याम्प नाउ पुनर्निमार्णका क्रममा रहेकाले स्टाडियो ओलम्पिका लुइस कोम्पनिसमा भएको खेलमा बार्सिलोनाले कार्डिजविरुद्ध २–० को जित निकालेको हो ।

बार्सिलोनाको जितमा पेड्री र फरान टोरेसले गोल गरे । कार्डिजको रक्षापंक्ति तोड्न संघर्षरत बार्सिलोनाले खेलको ८० मिनेटपछि मात्र ‘ब्रेक थ्रु’ पाएको थियो । ८२औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

इन्ज्युरी समयमा टोरेसले बार्सिलोनाको अग्रता दोब्बर पारे । यसपछि थप गोल हुन नसक्दा बार्सिलोनाले २–० को जितसहित तीन अंक निश्चित गर्‍यो ।

नयाँ सिजनमा पहिलो जित निकालेको बार्सिलोना पाँचौँ स्थानमा उक्लिएको छ । बार्सिलोनाले दुई खेलबाट चार अंक जोडेको छ । लिगमा कार्डिजको यो पहिलो हार हो । दुई खेलबाट तीन अंक जोडेको कार्डिज ११औँ स्थानमा छ ।

लिगमा आइतबारै भएको खेलमा एट्लेटिको मड्रिडले रियाल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । लिगमा दुई खेलबाट चार अंक जोडेको एट्लेटिको मड्रिड चौथो र समान अंक रहेको बेटिस छैटौँ स्थानमा छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro