site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अल नासर नयाँ सिजनको पहिलो खेलमै पराजित

काठमाडौं । पोचुर्गिज कप्तान क्रिस्टियानो रोनाल्डोको टिम अल नासर साउदी प्रो लिग २०२३–२४ को पहिलो खेलमै पराजित भएको छ ।

अल नासर सोमबार राति भएको खेलमा साविक विजेता समेत रहेको अल–इत्तिहादसँग २–१ ले पराजित भएको हो । घरेलु मैदान प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा इत्तिहादले पहुना टिमले बनाएको १–० को अग्रता उल्ट्याउँदै जित निकालेको हो ।

इत्तिहादको जितमा रोबिन क्वेसन र मोउसा डेम्बेलेले गोल गरे । अल–नासरका लागि साडियो मानेले गोल गरेका थिए । खेलको चौथो मिनेटमा मानेको गोलबाट नासरले अग्रता बनाएको थियो । यही गोलमा नासरले पहिलो हाफसम्म साविक विजेताविरुद्ध १–० को अग्रता बनाएको थियो ।

तर, ४७औँ मिनेटमा क्वेसनले गोल गर्दै इत्तिहादलाई खेलमा फर्काएका थिए । त्यसको पाँच मिनेटपछि नै डेम्बेलेले गोल गर्दै इत्तिहादलाई २–१ को अग्रतामा राखे । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा इत्तिहादले नयाँ सिजनको सुखद सुरुआत गर्‍यो ।

जितसँगै पहिलो खेलबाट तीन अंक जोडेको इत्तिहाद तालिकको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोेरेको रोनाल्डोको टिम १२औँ स्थानमा छ । इत्तिहादविरुद्ध नासरका कप्तान समेत रहेका रोनाल्डो मैदानमा उत्रिएका थिएनन् ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro