site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एट्लेटिको मड्रिडको सुखद सुरुआत

काठमाडौं । एट्लेटिको मड्रिडले ग्रानाडालाई ३–१ ले हराउँदै स्पेनिस ला लिगाको नयाँ सिजन २०२३–२४ मा विजयी सुरुआत गरेको छ ।

सोमबार घरेलु मैदान सिभिटास मेट्रोपोलिटन रंगशालामा एट्लेटिको मड्रिडलाई जित दिलाउन अल्भारो मोराटा, मेम्फिस डिपे र मार्कोस लोरेन्टेले एक/एक गोल गरे । ग्रानाडाका सामुयल ओमोरोडिओन अघेहोवाले एक गोल फर्काएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा मोराटाले गोल गरेपछि एट्लेटिको मड्रिडले १–० को अग्रता बनाएको थियो । तर, ६२औँ मिनेटमा अघेहोवाले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काए । त्यसको पाँच मिनेटपछि नै डिपेले गोल गर्दै एट्लेटिको मड्रिडलाई पुनः २–१ को अग्रतामा राखेका थिए । इन्ज्युरी समयमा लोरेन्टेले गोल गरेपछि एट्लेटिको मड्रिडले ३–१ को जित निश्चित गर्‍यो ।

पहिलो खेलमै जित निकालेको एट्लेटिको मड्रिड तीन अंकसहित तालिकाको शीर्ष स्थानमा छ । हारबाट नयाँ सिजनको सुरुआत गरेको ग्रानाडा १७औँ स्थानमा छ ।

गत सिजन एट्लेटिको मड्रिडले तेस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । ग्रानाडा यस सिजन स्पेनको दोस्रो डिभिजन लिगबाट ला लिगामा उक्लिएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro