site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युनाइटेडको जितमा भरानको निर्णायक गोल

काठमाडौं । राफाइल भरानको निर्णायक गोलप्रेरित म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा वुल्भ्सविरुद्ध १–० को जित निकाल्दै सुखद सुरुआत गरेको छ ।

सोमबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडलाई जित दिलाउन भरानले ७६औँ मिनेटमा गरेको हेडर गोल निर्णायक बन्यो ।

ग्यारी ओ‘नेइलको प्रशिक्षणमा सिजनको पहिलो खेल खेले पनि वुल्भ्सको सुरुआत सुखद बन्न सकेन । उल्भ्सले गत हप्ता मात्र टिमको मुख्य प्रशिक्षणमा ओ‘नेइललाई भित्र्याएको थियो । ओ‘नेइलले पहिलो खेलमै युनाइटेडविरुद्ध पहेँलो कार्डको दर्शन गरे । इन्ज्युरी समयमा रेफ्रीले पेनाल्टी नदिएको भन्दै विवादमा उत्रिएपछि उनले पहेँलो कार्ड व्यहोरेका थिए ।

पहिलो खेलमै जित निकालेको युनाइटेड तीन अंकसहित प्रिमियर लिगको सातौँ स्थानमा उक्लिएको छ । हारबाट नयाँ सिजन २०२३–२४ को सुरुआत गरेको उल्भ्स तालिकाको १७औँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro