site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानका कार्यवाहक सचिव पाठकमाथि दुर्व्यवहार
फाइल तस्बिर ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मकवानपुरमा दुर्व्यवहार भएको छ ।

शनिबार मकवानपुर क्रिकेट संघको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा कार्यवाहक सचिव पाठकमाथि केही युवाले मोबिल प्रहार गरेका थिए । पाठक मकवानपुर जिल्ला अघिवेशनको उद्घाटनका लागि क्यानको केन्द्रीय प्रतिनिधिका रूपमा हेटौँडा पुगेका थिए ।

विज्ञप्ति जारी गर्दै क्यानले पाठकमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

मकवानपुर जिल्ला क्रिकेट संघले पनि घटनाको भर्त्सना गर्दै संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

k11691857733.jpg

k21691857733.jpg

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro