site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ह्यारी मग्वायर भित्र्याउन वेस्ट ह्याम सहमत

काठमाडौं । वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडका रक्षक ह्यारी मग्वायरलाई भित्र्याउन सहमति जनाएको छ ।

वेस्ट ह्यामले ३० वर्षीय मग्वायरलाई ३० मिलियन पाउन्डमा भित्र्याउन सहमत भएको बीबीसीले खुलाएको छ । गत सिजन म्यानचेस्टर युनाइटेडबाट पहिलो रोजाइमा पर्नका लागि संघर्षरत मग्वायरले यस सिजन टिमको कप्तानी जिम्मेवारी समेत गुमाएका थिए ।

मग्वायर र क्लबबीच व्यक्तिगत सर्तहरुमा सहमत हुन बाँकी रहे पनि त्यसमा कुनै समस्या नरहेको बीबीसीले जनाएको छ । मग्वायर सन् २०१९ मा ८० मिलियन पाउन्डमा लेस्टर सिटीबाट युनाइटेड भित्रिएका थिए ।

गत सिजन युनाइटेडबाट ३० खेल खेले पनि मग्वायरले आठ खेलमा मात्र पहिलो रोजाइमा मैदान उत्रिने मौका पाएका थिए । तर, युनाइटेडबाट पहिलो रोजाइमा पर्न संघर्षरत देखिए पनि मग्वायरले इंग्ल्यान्डको टिमबाट भने नियमत मौका पाउँदै आइरहेका छन् ।

गत वर्ष कतारमा भएको फिफा विश्वकपमा इंग्ल्यान्डले क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा मग्वायर पाँचवटै खेलमा पहिलो रोजाइमा मैदान उत्रिएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro