site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सिटीलाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी सिल्डको उपाधि

काठमाडौं । ‘ट्रेबल’ विजेता म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनलले सिजनको पहिलो उपाधिको रुपमा कम्युनिटी सिल्डको उपाधि जितेको छ ।

वेम्बली रंगशालामा सम्पन्न खेलमा सिटीलाई पेनाल्टी सुटआउटमा ४–१ ले निराश बनाउँदै आर्सनलले उपाधि जितेको हो । निर्धारित समय १–१ को बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो । जहाँ सिटीका केभिन डी ब्रुयना र रोड्री गोल गर्न असफल भएका थिए ।

तीन पेनाल्टी प्रहार गर्दा सिटीका लागि बर्नार्डो सिल्भाले मात्र गोल गरेका थिए । आर्सनलका फाबियो भिएरा, बुकायो साका, लियन्ड्रो ट्रोसार्ड र मार्टिन ओडेगार्डले गोल गरे ।

त्यसअघि वेम्बलीमा आर्सनलविरुद्ध सिटीले अग्रता बनाए पनि जोगाउन नसक्दा खेल पेनाल्टीसम्म पुगेको हो । ७७औं मिनेटमा कोल पाल्मेरको गोलमा सिटीले अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा लियन्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए ।

प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता सिटीले वर्नलीविरुद्ध र आसर्नलले अगस्ट १२ म नटिंघम फरेस्टविरुद्ध खेल्दै सुरुआत गर्नेछन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro