site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालका हेमन्त र सञ्जयले प्रतिस्पर्धा गर्ने

काठमाडौं । एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट हेमन्त पाल र सञ्जय यादवले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनसिपमा सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली भारोत्तोलन टिमलाई शुक्रबार एक कार्यक्रममाझ बिदाई गरिएको हो ।

भारतको नयाँ दिल्लीस्थित नोयडामा जुलाई २६ देखि सुरु भएको प्रतियोगिताको ७३ केजीमा हेमन्त तथा ९६ केजीमा सञ्जयले प्रतिस्पर्धा गर्नेछन् । हेमन्तले अगस्ट १ तथा सञ्जयले अगस्ट २ मा खेल्नेछन् । दुवैले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

नेपाली टिमको प्रशिक्षकमा सञ्जय महर्जन तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र सचिव रामजीबहादुर श्रेष्ठ तथा नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले शुक्रबार एक कार्यक्रमबीच बिदाई गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro