site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
डेब्यु खेलमै मेसीले निर्णायक गोल गर्दा इन्टर मियामीको जित

काठमाडौं । लियोनल मेसीले डेब्यु खेलमै निर्णायक गोल गरेपछि इन्टर मियामीले लिग कपमा क्रिुज एजुलविरुद्ध २–१ को जित निकालेको छ ।

शनिबार सम्पन्न खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले इन्जुरी समयमा १८ यार्ड बक्सभन्दा बाहिरबाट पाएको फ्रिकिकमा गोल गर्दै मियामीको जित निश्चित गरेका थिए । मेसी ५५औं मिनेटमा कप्तानको ‘आर्मब्याड’सहित मैदान प्रवेश गरेका थिए । मेसीसँगै बार्सिलोनाका पूर्वकप्तान सर्जिओ बुस्केटले पनि ५४औं मिनेटमा मियामीबाट डेब्यु गरे ।

त्यसअघि, खेलको ४४औं मिनेटमा रोबर्ट टेलरले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, ६५औं मिनेटमा उरिएल एन्तुनाले गोल गर्दै क्रुज एजुललाई बराबरीमा फर्काएका थिए ।

“मैले गोल गर्नुपर्छ भन्ने थाहा थियो । त्यो खेलको अन्तिम समय थियो । आज जित निकाल्नु हाम्रो लागि निकै महत्वपूर्ण थियो । यो नयाँ प्रतियोगिता हो । यसले हामीलाई आगामी दिनमा आत्मविश्वास दिनेछ,” जितपछि मेसीले भने ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro