site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । एसियाली खेलकुदको तयारीस्वरूप हुन लागेको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले शुक्रबार बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । थापाले यसअघि बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट सात खेलाडीलाई बाहिर राख्दै नेपाली टिमको घोषणा गरेका हुन् ।

टिममा मिडफिल्डर प्रीति राईले पुनगरामगन गरेकी छन् । चोटका कारण प्रीति पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर थिइन् । नेपालले बंगलादेशसँग असार २८ गते र ३१ गते बंगलादेशमै दुई मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।

नेपाली टिम

एन्जिला तुम्बापो सुब्बा (गोलकिपर), अन्जना रानामगर (गोलकिपर), उषा नाथ (गोलकिपर), सावित्रा भण्डारी, सुरु लिम्बु, समीक्षा घिमिरे, गीता रानामगर, हिराकुमारी भुजेल, निशा थोकर, प्रीति राई, पुजा राना, रश्मी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता रानामगर, अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला बिक, विमला चौधरी, दीपा शाही, अञ्जली वाइबा र।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro