site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिकमा मैदानभित्र मदिरा बिक्रीमा प्रतिबन्ध

काठमाडौं । पेरिसमा हुने समर ओलम्पिकमा समर्थकहरूले रंगशालाभित्र मदिरा खरिद गर्न नपाउने भएका छन् ।

आयोजकले ‘एभिन्स ल’ मा छुट नदिने निर्णय गरेपछि समर्थकहरूले रंगशालाभित्र मदिरा खरिद गर्न नपाउने भएका हुन् । तर, भीआईपी पाहुनाको क्षेत्रमा भने यो नियम लागु नहुने जनाइएको छ ।

फ्रान्सेली कानुनले रंगशालाहरूमा सर्वसाधारणलाई रक्सी बिक्रीमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिवर्ष सीमित कार्यक्रमहरूमा बिक्रीका लागि अनुमति दिन्छ । 

यो वर्ष फ्रान्समा हुने रग्बी विश्वकपमा आयोजकहरूले प्रतियोगितामा छुटका लागि वार्ता गरेपछि समर्थकहरूले रंगशालाभित्र पिउन पाउने भएका छन् ।

यसअघि सन् २०२२ मा पेरिसमा भएको च्याम्पियन्स लिग फाइनलमा पनि फ्रान्स सरकारले रंगशालाभित्र समर्थकलाई मदिरा सेवनको अनुमति दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro