site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिजविरुद्ध आरिफको अर्धशतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालका आरिफ शेखले अर्धशतक बनाएका छन् । 

जिम्बाब्वेका राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा आरिफले ८६ बलमा तीन चौकासहित ५१ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आरिफको यो छैटौँ अर्धशतक हो ।

वेस्ट इन्डिजले प्रस्तुत गरेको ३४० रनको लक्ष्य पछ्याइरहेको नेपालले ४३ ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १९२ रन बनाएका छन् । हाल क्रिजमा आरिफलाई साथ दिइरहेका गुल्सन झाले ३८ रन जोडेका छन् । यी दुईले सातौं विकेटका लागि हालसम्म ६३ रनको साझेदारी गरिसकेका छन् ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro