site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
वेस्ट इन्डिजविरुद्ध नेपालको दबाब

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध बलिङमा दबाब बनाएको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलमा टस जितेर बलिङमा आएको नेपालले पहिलो पावर प्ले (सुरुआती १० ओभर) को खेल सकिँदा वेस्ट इन्डिजलाई दबाबमा राख्न सफल भएको हो ।

पहिलो पावर प्लेको समाप्तीसम्म वेस्ट इन्डिजले दुई विकेट गुमाएर ३० रन जोडेको छ । वेस्ट इन्डिजबाट हाल क्रिजमा रहेका कप्तान साई होप १७ र ओपनर ब्रान्डन किंग १२ रनमा खेलिरहेका छन् ।

वेस्ट इन्डिजविरुद्ध नेपालका करण केसी र गुल्सन झाले समान एक विकेट लिए । वेस्ट इन्डिजविरुद्ध नेपालले पहिलो बलिङ गर्दै छ ।

खेलका लागि भएको टस जितेपछि नेपाली कप्तान रोहितकुमार पौडेलले फिल्डिङको निणर्य गर्दै वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेल्न लागेको पनि यो पहिलोपटक हो ।

छनोटमा नेपालको यो तेस्रो खेल हो । नेपालले यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजय बेहोर्दा दोस्रो खेलमा भने अमेरिकाविरुद्ध ६ विकेटको जित दर्ता गरेको थियो ।

यता, वेस्ट इन्डिजको भने छनोटको यो दोस्रो खेल हो । वेस्ट इन्डिजले यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro