site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालको १०० रन पूरा
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गरेको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालले २४.३ ओभरमा दुई विकेट गुमाएर १०० रन पूरा गरेको हो ।

नेपालबाट हाल क्रिजमा कप्तान रोहितकुमार पौडेल ११ र भीम सार्की २७ खेलिरहेका छन् । नेपालले पहिलो विकेटको रूपमा ओपनर आसिप शेखलाई व्यक्तिगत १२ र कुशल भुर्तेललाई ३९ रनमा गुमाएको थियो ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro