site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालका ओपनर आसिफ शेख आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपालले २५ रनमै पहिलो विकेट गुमाएको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपालले ओपनर आसिफ शेखलाई पहिलो विकेटको रूपमा गुमाएको हो । अमेरिकाले प्रस्तुत गरेको २०८ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि आसिफले १२ रन जोडे । आसिफ सौरभ नेत्रावाल्कर गरेको ओभरको एलबीडब्लू धरापमा परे ।

जारी खेलको ६ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर २५ रन जोडेको छ । नेपालबाट हाल क्रिजमा रहेका कुशल भुर्तेलले १२ र भीम सार्की शून्य रनमा खेलिरहेका छन् ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro