site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालविरुद्ध जहाँगिरले बनाए एकदिवसीय क्रिकेटमै पहिलो शतक

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपालविरुद्ध अमेरिकाका मध्यक्रम ब्याटर सयन जहाँगिरले शतक प्रहार गरेका छन् ।

मंगलबार जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा जहाँगिरले ७९ बलमा १०० रन पूरा गरे । यसक्रममा उनले १० चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाबाट जहाँगिरको यो पहिलो शतक हो ।

एकदिवसीय क्रिकेटमा जहाँगिरले बनाएको यो व्यक्तिगत उच्च स्कोरसमेत हो । यसअघि एकदिवसीय क्रिकेटमा उनको उच्च स्कोर ३९ रन थियो ।

जारी खेलमा नेपालविरुद्ध टस हारेर ब्याटिङमा आएको अमेरिकाले अहिले ४८.३ ओभरको खेल सकिँदा आठ विकेट गुमाएर २०७ रन बनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro