site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाललाई पाँचौँ सफलता, दीपेन्द्रले लिए विकेट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध दीपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका छन् ।

जिम्बाब्वेको राजधानी हरारेस्थित तकसिंगा स्पोर्ट्स क्लबमा जारी खेलको २२औँ ओभरको तेस्रो बलमा दीपेन्द्रले अमेरिकाका गजानन्द सिंहलाई आरिफ शेखबाट क्याच आउट गराए । गजानन्दले यसअघि वेस्ट इन्डिजविरुद्धको खेलमा शतक प्रहार गरेका थिए । जारी खेलमा दीपेन्द्रले पहिलो विकेट लिएका हुन् । यसअघिका चारै विकेट करण केसीले लिएका थिए ।

२२औँ ओभरको खेल सकिँदा अमेरिकाले पाँच विकेट गुमाएर ७० रन बनाएको छ ।

समूह ‘ए’मा रहेका दुवै टिमको यो दोस्रो खेल हो । छनोटको पहिलो खेलमा हार व्यहोरेका दुवै टिम पहिलो जितको खोजीमा छन् ।

यसअघि, पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिकाले पनि दुईपटकको विश्वविजेता वेस्ट इन्डिजसँग ३९ रनको हार व्यहोरेको थियो ।

छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

दुवै समूहबाट समान शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro