site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘ए’ डिभिजन लिगको अन्तिम खेलमा दर्शकलाई निःशुल्क प्रवेश

काठमाडौं । शनिबार हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९–८० को अन्तिम खेलमा दर्शकहरूले निःशुल्क प्रवेश पाउने भएका छन् ।

शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले सामाजिक सञ्जालमार्फत शनिबार साँझ अपरान्ह ५ः३० बजेदेखि सुरु हुने थ्री स्टार र जावलाखेल युथ क्लबबीचको खेलमा दर्शकलाई निशुल्क प्रवेश दिइने जनाएको हो ।

लिगमा रेलिगेसनको दबाबमा रहेको थ्री स्टारलाई भोलि हुने खेलमा जित्नैपर्ने दबाब छ । तालिकाको १३औँ स्थानमा रहेको थ्री स्टारलाई जावलाखेलविरुद्धको जितले मात्र रेलिगेसन क्षेत्रबाट माथि राख्नेछ ।

लिगमा २५ खेलबाट ३७ अंक जोडेको जावलाखेलले भने लिगमा चौथो स्थान निश्चित गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro