site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
‘डेब्यु’ सिजनमै च्याम्पियन बनेको चर्च ब्वाइजको विजयोत्सव (फोटोहरू)

काठमाडौं । आफ्नो अन्तिम खेलमा फुटबल क्लब खुमलटारलाई २–० ले पराजित गरेसँगै अन्तिम खेल अगावै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुखद अन्त्य गर्‍यो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा तनावग्रस्त बनेको खेलमा चर्च ब्वाइज युनाइटेडलाई जित दिलाउन सुनिल साह र जोसेफ बेम्पाले गोल गरे । २१औँ मिनेटमा सुनिलले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफको इन्जुरी समयसम्म चर्च ब्वाइजले १–० को अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा रेफ्रीले पेनाल्टी नदिएको भन्दै प्रज्वल क्षेत्रीमाथि खुमलटारका अफिसियलले मुक्का प्रहार गरेपछि खेल करिब ४५ मिनेट नै रोकिएको थियो । आफूमाथि हातपात भएपछि रेफ्री क्षेत्रीले सुरक्षाको माग गर्दै खेल सुचारु गर्न नमानेपछि खेल लामो समय रोकिएको थियो । 

तर, एन्फाका पदाधिकारीहरूबाट सुरक्षाको प्रत्याभुत हुने आश्वासन पाएपछि क्षेत्री खेल सुचारु गर्न तयार भएका थिए । खेल सुचारु भएको केही बेरमा नै बेम्पाले गोल गर्दै चर्च ब्वाइजको अग्रतालाई दोब्बर पारेका थिए । 

जितसँगै लिगको उपाधिसहित चर्च ब्वाइजले २६ खेलबाट ४८ अंक जोड्दै लिगको अन्त्य ग¥यो । चर्चले लिगका २६ खेलमध्ये १३ खेलमा जित निकाल्यो । यता, चर्च ब्वाइजसँगै यसै सिजन शीर्ष डिभिजन लिगमा उक्लिएको खुमलटार भने तालिकाको पुछारमा रहँदै पुनः ‘बी’ डिभिजन लिगमा खस्कियो । खुमलटारले २६ खेलमा २७ अंकमात्र जोड्न सक्यो ।  

charge boys 131686317512.jpg

charge boys 31686317500.jpg

charge boys 41686317503.jpg

charge boys 71686317505.jpg

charge boys 71686317505.jpg

charge boys 61686317505.jpg

charge boys 91686317507.jpg

charge boys 111686317510.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro