site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पुलिस तेस्रो 

काठमाडौं । आफ्नो अन्तिम खेलमा सातदोबाटो युथ क्लबविरुद्ध १–० को कठिन जित निकाल्दै नेपाल पुलिस क्लबले तेस्रो स्थानमा रहेर सहिद स्मारक ‘ए’ डिभिजन २०७९–८० लिगको अन्त्य गरेको छ ।

शुक्रबार ललितपुरस्थित च्यासल रंगशालामा सम्पन्न खेलमा पुलिसका विदेशी खेलाडी अहमद हिजाबीले निर्णायक गोल गरे । हिजाजीले २१औँ मिनेटमा गरेको गोल नै पुलिसको जितमा निर्णायक बनेको थियो ।

जितसँगै २६ खेलबाट ४१ अंक जोडेको पुलिस तालिकाको तेस्रो स्थानमा रह्यो । अन्तिम खेल खेल्न बाँकी रहे पनि जावलाखेल युथ क्लबलाई चार अंकले पछि पार्दै पुलिसले तेस्रो स्थान निश्चित गरेको हो । पुलिस लिगको १६औँ चरणका खेलसम्म तालिकाको रेलिगेसन क्षेत्रबाट उक्लिन संघर्षरत थियो ।

पुलिससँगको हारका बावजुद २६ खेलबाट ३५ अंक जोडेको सातदोबाटोले भने शीर्ष सात स्थान निश्चित गरेको छ । सातदोबाटो हाल पाँचौ स्थानमा रहे पनि न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबको नतिजाले सातदोबाटोको स्थानमा फरक पर्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro