site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लिगका खेलमा ‘ए’ डिभिजन क्लबहरूले कालोपट्टी नबाँध्ने

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगका क्लबहरूले खेलका दौरान कालोपट्टी बाँध्ने निर्णय फिर्ता लिएका छन् ।

आइतबार कुपन्डोलस्थित फ्रेन्ड्स क्लबको भवनमा क्लब र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीबीचको छलफलपछि क्लबहरूले कालो पट्टी बाँध्ने यसअघिको निर्णय फिर्ता लिएका हुन् । 

छलफलमा एन्फाबाट महासचिव किरण राईको उपस्थित थियो । यस्तै, फ्रेन्ड्स क्लबका विश्वासविक्रम राई, हिमालयन शेर्पाका कर्माछिरिङ शेर्पा, संकटाका इन्द्रमान तुलाधर, मनाङ मस्र्याङ्दी क्लबका विजय घले, सातदोबाटो युथका कपिल रानामगर, थ्री स्टारका जयकृष्ण श्रेष्ठ, एनआरटीका डिगेन सुवाल, एफसी खुमलटारका बुद्धि गुरुङ र चर्च ब्वाइज युनाइटेडका अशोक थापा प्रतिनिधिको रूपमा उपस्थित थिए ।

छलफलमा यसअघि खेलाडीलाई दिइने पारिश्रमिकमा चर्को करमा पनि कट्टा गर्ने सहमति भएको छ ।

यसअघि बिहीबार लिगका १० क्लबहरूले एन्फाको विरोधमा खेलका दौरान खेलाडी र क्लबलका पदाधिकारीहरूले कालोपट्टी बाँध्ने निर्णय गरेका थिए । 

बैठकका दुई सहमति 

१. सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत ए डिभिजन क्लबहरूमा आवद्ध खेलाडीहरूलाई दिने पारिश्रमिकमा हालको आर्थिक वर्षमा नेपाल सरकारद्वारा करको दरमा हेरफेर गरिएको हुँदा खेलाडीलाई दिइने पारिश्रमिकमा नेपाल सरकारको प्रचलित, नियमअनुसार कर कट्टा गर्ने निर्णय गरियो ।

२. मिति २०८० जेष्ठ २२ गते अखिल  नेपाल फुटबल संघमा छलफल गर्ने निर्णय गरियो । साथै क्लबहरूद्वारा कालो पट्टि बाँधीमा सहभागी हुने निर्णय हाललाई स्थगित गर्ने निर्णय प्रतियोगिता समेत गरियो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro