site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मेसीको अन्तिम खेलमा पीएसजी पराजित 

काठमाडौं । लियोनल मेसीले क्लबका लागि खेलेको अन्तिम खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) पराजित भएको छ । 

शनिबार राति अर्जेन्टिनी कप्तान लियोनल मेसीले पीएसजीका लागि अन्तिम खेल खेल्दा लिग वान च्याम्पियनले क्लेरमोन्ट फुटसँग ३–२ को हार व्यहोर्‍यो । 

दुई वर्षको सम्झौतामा सन् २०२१ मा मेसी फ्रेन्च क्लबमा अनुबन्ध भएका थिए । सम्झौतामा एक वर्ष थप गर्ने विकल्प रहे पनि दुवै पक्ष सहमत नहुँदा मेसी सिजनको अन्त्यसँगै फुकुवा भएका हुन् ।

फ्रेन्च क्लबमा दुई वर्षको व्यावसायिक करियरमा मेसीले ३२ गोल र ३४ असिस्ट गरेका छन् । मेसीको बिदाई सुखद भने बन्न सकेन । 

खेलका दौरान मेसीलाई पीएसजीका केही समर्थकले गिज्याएका थिए । पीएसजीबाट मेसीसँगै सर्जियो रामोसले पनि बिदा लिएका थिए ।

लिग वान च्याम्पियनको रूपमा सिजनको अन्त्य गरेको पीएसजीले अन्तिम खेलअगावै लिग जितेको थियो । 

क्लेरमोन्टविरुद्ध २१औँ मिनेटमा २–० को अग्रता बनाएको पीएसजीले त्यसपछि लगातार तीन गोल बेहोरेको थियो । लिग वान च्याम्पियनविरुद्ध जित निकालेको क्लेरमोन्टले आठौँ स्थानमा रहेर सिजनको अन्त्य गरे । 

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १०:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro