site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
सातदोबाटोले आर्मीलाई हरायो, थ्री स्टार र एपीएफ रोकिए

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । शनिबार च्यासलस्थित मैदानमा भएको खेलमा सातदोबाटोले आर्मीलाई २–१ ले हरायो ।

खेलको दोस्रो मिनेटमा शिव सुवेदीले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । २९औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ६३औँ मिनेटमा दिपेन्कले पेनाल्टीमार्फत गोल गरेपछि सातदोबाटो विजयी भयो ।

जितसँगै सातदोबाटोले २४ खेलबाट ३२ अंक जोडेको छ । समान खेलबाट आर्मीको ३० अंक छ ।

थ्री स्टार र एपीएफले अंक बाँडे
शनिबारै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।  थ्री स्टारका लागि सुनील तामाङ र एपीएफका मणिकुमार लामाले एक/एक गोल गरे ।

खेलको २३औँ मिनेटमा मणिले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । ८६औँ मिनेटमा ‘सब्सिच्युड’ खेलाडी सुनीलले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बराबरीसँगै एपीएफले २४ खेलबाट ३० अंक जोडेको छ । समान खेलबाट थ्री स्टारको २८ अंक छ ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro