site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाचौँ स्थानमा उक्लियो मनाङ 

काठमाडौं । रोशन रानामगरको निर्णायक गोलप्रेरित मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रमा संघर्षरत फुटबल क्लब खुमलटारविरुद्ध १–० को कठिन जित निकालेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा रोशनले इन्जुरी समयमा पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । यही गोल निर्णायक बन्दा मनाङले महत्त्वपूर्ण तीन अंक निश्चित गर्‍यो । 

त्यसअघि ५५औँ मिनेटमा एलन थापा पेनाल्टीमा चुक्नु खुमलटारको लागि महँगो सावित बन्यो । एलनको प्रहारलाई मनाङका गोलकिपर दीप कार्कीले बचाएका थिए ।

स्यामु मुर्मुलाई मनाङका रमेश थापाले १८ यार्ड बक्सभित्र लडाएपछि खुमलटारले पेनाल्टीको अवसर पाएको थियो ।

जितसँगै २३ खेलमा ३१ अंक जोडेको मनाङ पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २४ अंक जोडेको खुमलटार तालिकाको पुछारमा छ । 

आजको खेलमा विदेशी खेलाडीसँगको श्रम सम्झौता समाप्त भएका कारण खुमलटार कुनै पनि विदेशी खेलाडीबिना नै मैदान उत्रिएको थियो । मनाङको टिममा पनि साहिद अजिज, डियावान्डोउ डियाग्ने र कोफी काउडो थिएनन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro