site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
चन्द्रागिरि, काठमाडौं र कागेश्वरीको विजयी सुरुआत

काठमाडौं । प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता २०७९/८० अन्तर्गत पहिलो दिन चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्वरी नगरपालिकाले विजयी सुरुआत गरेका छन् ।

चमती खेलकुद पार्क संरक्षण समितिको आयोजना र अखिल नेपाल कबड्डी संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगितामा शनिबार चन्द्रागिरिले शंखरापुर नगरपालिकालाई ४४–२८ को स्कोरमा हरायो ।

काठमाडौंले गोकर्णेश्वर नगरपालिकालाई ४१–१५ र कागेश्वरीले टोखा नगरपालिकालाई ५८–३२ स्कोरले पराजित गर्‍यो ।

प्रतियोगितामा काठमाडौं जिल्लाभित्रका कुल ६ नगर र एक क्लबले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक भगवान प्रजापतिले जानकारी दिए । उत्कृष्ट रेडेर र क्याटरलाई ट्रफी प्रदान गरिनेछ ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro